१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंमा क्वाँटी दिवस मनाइयो, परम्परागत खानाको प्रवर्द्धन गरेको दाबी (भिडियोसहित)


0
Shares

काठमाडौं । जनै पूर्णिमामा हिन्दू धर्मावलम्बीहरूले पुरोहितको हातबाट वैदिक मन्त्रोच्चारणका साथ हातमा डोरो बाध्नु र तागाधारीले जनै फेर्ने गर्दछन् । यो त भयो धार्मिक पक्ष । तर, यस दिनको खानपानमा क्वाँटीलाई निकै महत्व दिइन्छ ।

यस दिन ९ थरीका गेडागुडीलाई भिजाइ टुसा उमारेर पकाएर झोल खाने चलन चलिआएको छ । यहि परम्परागत खाना क्वाँटीको प्रवर्द्धनका लागि भन्दै काठमाडौंस्थित एक होटलमा क्वाँटी दिवस मनाइयो ।