१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्नेबारे मंगलबार निर्णय हुने


0
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्नेबारे मंगलबार निर्णय हुने भएको छ ।

मंगलबार बिहान काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर थप निर्णय गर्ने योजना रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

पछिल्लोपटक साउन २८ गते काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञा भदौ ८ गते सकिँदैछ ।

पछिल्लो निषेधाज्ञामा राति ८ बजेदेखि बिहानसम्म निजी तथा सार्वजनिक सवारी साधन चलाउने नपाइने निर्णय गरिएको थियो ।

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणदर बढ्दै गएकोले जारी निषेधाज्ञा थप हुनसक्ने अनुमान गरिएको छ ।

उपत्यकाका तीन जिल्ला प्रशासनले वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा जारी गर्दै आएका छन् ।