१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कार्बोनेटेड पेय पदार्थ आरसी कोला नेपाली बजारमा


0
Shares

काठमाडौं । नयाँ कार्बोनेटेड पेय पदार्थ आरसी कोला नेपाली बजारमा भित्रिएको छ ।

अमेरिकाको मौलिक कोला दाबी गरिएको यस पेयको नेपालमा भेञ्चर बोटलर्स प्रालिले उत्पादन थालेको हो । यसको उत्पादनका लागि आवश्यक कन्सन्ट्रेटेड कच्चा पदार्थ अमेरिकाको जर्जिया राज्यको कोलम्बसबाट आयात गरिने कम्पनीले जनाएको छ ।

भेञ्चर प्रालिले आइतबार एक कार्यक्रम गरी नयाँ उत्पादनको बजार प्रवेश गराएको हो । मकवानपुरमा रहेको कम्पनीको अत्याधुनिक प्लान्टमा अमेरिकीस्तरकै प्रक्रियामा नेपाली पानीको समिश्रणमा आरसी कोला उत्पादन हुने कम्पनीले जनाएको छ ।

विश्वका ६७ देशमा निकै मन पराइएका यी पेय नेपाली बजारमा पनि छिटैनै लोकप्रिय हुने कम्पनीको विश्वास छ ।