
एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई २–० ले हराएको छ । गएराती आर्सनलको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन रोमेलु लुकाकु र रिस जेम्सले एक एक गोल गरे ।
जितसँगै चेल्सी प्रिमियर लिग अंक तालिकाको शिर्ष स्थानमा उक्लिंदा आर्सनल १९ औं स्थानमा झरेको छ । चेल्सीले नयाँ सिजनमा लगातार दुई खेल जित्दा आर्सनल दुबै खेलमा पराजित भएको छ ।
प्रिमियर लिगअन्तर्गत गएराति भएका अन्य खेलहरुमा टोटनह्याम हट्सपरले वुल्भरह्यम्पटन वान्डरर्सलाई उसैको मैदानमा १–० ले हराउँदा म्यान्चेस्टर युनाईटेडले साउथह्याम्प्टनसँग १–१ गोलको बराबरी खेलेको छ ।
प्रतिक्रिया दिनुहोस्