२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


रियाल मड्रिड र लेभान्तले बराबरी खेले


0
Shares

एजेन्सी । स्पेनिस लिग फुटबल ला लिगामा रियाल मड्रिडलाई लेभान्तेले ३–३ गोलको बराबरीमा रोकेको छ ।

गएराती लेभान्तेको मैदानमा भएको खेलमा रियाल मड्रिडका भिनिसियस जुनियरले दुई गोल गर्दा ग्यारेथ बेलले एक गोल थपे ।

घरेलु टिम लेभान्तेका रोजर, होजे काम्पाना र रोबरले एक एक गोल गरे । ला लिगाकै अर्को खेलमा एथ्लेटिको मड्रिडले एल्चेलाई १–० ले हराउँदा रियाल सोसिडाडले रायो भायकानोमाथि १–० कै जित निकाल्यो ।

ला लिगाका दोस्रो चरणका खेलहरुपछि ६ अंक जोडेको साविक विजेता एथ्लेटिको शिर्ष स्थानमा रहेको छ । ४–४ अंक जोडेका रियाल मड्रिड र बार्सिलोना क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।