२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सभापतिको साझा उम्मेद्वार चयन गर्नेबारे कांंग्रेसको पौडेल पक्ष छलफलमा


0
Shares

काठमाडौं । आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बसिरहेको छ ।

काठमाडौंको एक होटलमा जारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु शेखर कोइराला, अर्जुन नरसिंह केसीलगायतका नेताहरु सहभागी छन् ।

छलफलमा सहभागी नेताहरुले आगामी महाधिवेशनमा साझा उम्मेदवार बनाउने विषयमा कुराकानी हुने बताएका छन् । नेपाली कांग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी विवाद अझै समाधान नहुँदा आसन्न १४ औं महाधिवेशनको कार्यतालिका पटक–पटक संशोधन गरिएको छ ।

पछिल्लोपटक कांग्रेसले मंसिर ९–१३ सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । महाधिवेशनका लागि भृकुटीमण्डप र राष्ट्रियसभा गृह बुक गरिएको छ ।

तर, क्रियाशील सदस्यताको विवाद समाधान गर्ने जिम्मा पाएको तीन सदस्यीय कार्यदलले अझै प्रतिवेदन बुझाउन सकेको छैन ।