२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दुई जना सांसदलाई कारवाही नगरे प्रदेशसभा चल्न नदिने एमाले लुम्बिनी प्रदेश संसदीय दलको चेतावनी


0
Shares

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य एवं विना विभागीय मन्त्री अजय शाही र सांसद विमला खत्रीलाई पदबाट नहटाएसम्म सदन चल्न नदिने अडान लिएको छ ।

प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीमगरलाई आज पत्र बुझाउँदै प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखले पटक–पटक पद अनुकुलको आचरण नगरी प्रदेशसभाको गरिमामा आँच आउने काम गरेकाले संविधान अनुसार कारवाही नगरे सदन चल्न नदिने बताउनुभएको हो ।

प्रदेशसभा सचिवालयले प्रदेशसभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण बुझाएको जनाएको छ । नेकपा एमाले शाही र खत्रीलाई सांसद पदबाट मुक्त गर्न माग गर्दै प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

भदौ १ गते सुरु भएको नवौं अधिवेशन एमालेको अवरोधका कारण लगातार तीन दिनसम्म अवरुद्ध भएको थियो । सभामुख घर्तीले भने सांसद् शाही स्वतन्त्र भएको र खत्रीले नेकपा माओवादी रोजेको भन्दै पदमुक्त गर्न नसकिने बतउनुभएको छ ।