२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजै विश्वासको मत लिने, एमालेले प्रदेशसभा बैठक बहिस्कार गर्ने


0
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सभाबाट आजै विश्वासको मत लिने हुनु भएको छ ।

प्रदेश सभाको आजको पहिलो बैठक विपक्षी नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि स्थगित भएको छ, अर्को बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

विपक्षी एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले भने आफूहरूसँग छलफल नगरी एकाएक विश्वासको मत लिने कार्यसूची तय गरेको भन्दै सदन बहिष्कारको चेतावनी दिनुभएको छ ।

लुम्बिनीमा एमालेको सरकार ढालेर माओवादी, कांग्रेस, जनमोर्चा र जसपा मिलेर माओवादीका कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठन गरेका छन् । विश्वासको मत पाउन ४१ सांसद चाहिनेमा सत्ता पक्षले आफूहरूसँग ४२ मत रहेको दाबी गर्दै आएको छ ।

तर एमालेले भने सांसदद्वय अजय शाही र विमला वली एमालेका सांसद रहेको र उनीहरूलाई दलले कारबाही गरेको भन्दै पदमुक्तको माग गर्दै सभा अवरोध गर्दै आएको छ ।