
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेबाट विद्रोह गरी नेकपा (एकीकृत समाजवादी) दर्ता प्रकृयामा रहनु भएका नेता माधवकुमार नेपालबीच भेट भएको छ ।
एमाले विभाजनको अवस्थाकाबीच शितल निवासमा राष्ट्रपति भण्डारीसँग प्रस्तावित नयाँ दलका अध्यक्ष नेपालको भेट भएको हो । भेटमा भण्डारीले एमाले एकताको सम्भावनाबारे नेपालसँग चासो प्रकट गरेको बताइए पनि दुबै पक्षले यसबारे केही बताएका छैनन् ।
नेपाल नेतृत्वको पार्टीमा लागेका केन्द्रीय सदस्यहरूलाई सनाखतको लागि बुधबार निर्वाचन आयोगले बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्