
धनकुटा । सात वटा स्थानीय तह रहेको धनकुटाका ५ वटा स्थानीय तहको बेरुजु १७ करोड ९८ लाख ३ हजार रुपैयाँ रहेको छ । महालेखाको ५८ औं वार्षिक प्रतिवेदनले ५ वटा स्थानीय तहमा सबैभन्दा बढी बेरुजु रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
प्रतिवेदनले सबैभन्दा बढी महालक्ष्मी नगरपालिकाको ११ करोड १४ लाख ५२ हजार रुपैयाँ बेरुजु रहेको जनाएको छ । छथरजोरपाटी गाउँपालिकाको २ करोड ८३ लाख १३ हजार, धनकुटा नगरपालिकाको १ करोड ७० लाख ३६ हजार र शहिदभुमी गाउँपालिकाको १ करोड ९३ लाख २१ हजार रुपैयाँ बेरुजु रहेको छ ।
पाख्रिबास नगरपालिकाको भने ३६ लाख ८१ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा जनाइएको छ । धनकुटाका साँगुरीगढी र चौबिसे गाउँपालिकाको लेखा परिक्षण हुन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्