
इलाम । सरोकारवालासँग छलफल नै नगराई इलाम नगरपालिकाले शिक्षा नियमावली २०७४ को सातौं संसोधन गरेको भन्दै वडा अध्यक्षहरुले विरोध जनाएका छन् ।
नगरप्रमुख महेश बस्नेतले शिक्षा नियमावली संशोधन विषयमा पर्याप्त छलफल नगराई कार्यपालिका बैठकबाट जबजस्ती पारित गराएको भन्दै नेपाली कांग्रेस निकट पाँच जना वडा अध्यक्षहरुले विरोध जनाएका हुन् ।
शिक्षा नियमावलीमा विद्यालय व्यवस्थापन समिति सम्बन्धी व्यवस्थामा सबै अधिकार नगरप्रमुखले आफूमा केन्द्रित रहने गरी संसोधन गरेको वडा अध्यक्षहरुको आरोप छ ।
नगरप्रमुखले जबरजस्ती अघि बढ्न खोजे आफूहरु कानुनी रुपमा अघि बढ्ने असन्तुष्ट वडाअध्यक्षहरुको भनाइ छ । यता नगरप्रमुख महेश बस्नेतले शिक्षा नियमावली संसोधनका विषयमा कुनै समस्या नरहेको दावी गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्