२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पर्यटकले खचाखच भरिने ठमेल कोरोना महामारीका कारण सुनसान, पर्यटन व्यवसाय झनै चौपट


0
Shares

नरेन्द्र मानन्धर

काठमाडौं । यसरी पर्यटकको केन्द्र थंबहील अर्थात ठमेल क्षेत्रमा कोरोना महामारीबाट बच्न सूचना जारी गरेको धेरै दिन भइ सक्यो । यति बेला कोरोनाकै कारण यहाँ पर्यटकको उपस्थिति शून्य छ । दैनिक १० औ हजार विदेशी पर्यटकले आवत–जावत गर्ने ठमेल शून्य हुँदासमेत सरकारले केही गरेको अवस्था छैन् । होटलहरु खाली छन् । पसलहरु घर बहाल तिर्न सक्ने अवस्थामा छैनन् । रेष्टुरेन्टको टेवल र कुर्सीमा धुलो जमेको छ ।

दुई वर्षयता यहाँ व्यवसाय गर्ने सबैको हालत यस्तै बेहाल छ । ५० प्रतिशतभन्दा बढी व्यवसाय बन्द भइसकेको र आफुहरु पलायत हुने अवस्थामा पुगेको व्यवासायी बताउँछन् । व्यवसायी डा.निरन्जन ओझा यहाँको पर्यटन व्यवसाय उठ्नै नसक्ने गरी थला परेको दुःखेको पोख्नु हुन्छ ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रमा दैनिक करिव २० करोड घाटा भइरहेको दाबी गर्नु हुन्छ । १० हजारभन्दा बढी व्यवसायी रहेको ठमेल क्षेत्रले झण्डै ९० हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिइरहेको थियो । तर कोरोनाको कारण सिर्जित समस्याको व्यवस्थापन हुन नसक्दा व्यवसायी घर न घाटकाझैं भएका छन् ।

व्यवसायी ओझा राज्यले खासै लगानी नगरेको यस क्षेत्रबाटै धेरै कर संकलन हुने भएकाले यो विषम परिस्थितिमा सरकारले ठोस योजना ल्याएर पर्यटन व्यवसायीलाई बचाउनु पर्ने बताउनु हुन्छ । विनाधितो २५ लाखसम्म सहुलियत दरमा कर्जा, पर्यटन मजदुरलाई २० हजारसम्म विनाधितो कर्जा र घर बहाल समायोजन लगायतका कामहरु गरे पर्यटन क्षेत्रलाई उकास्न सकिने शर्माको तर्क छ ।

विदेशी पर्यटकहरुमा निर्भर ठमेल क्षेत्रको व्यवसायलाई पहिलेकै लयमा फर्काउन गाहो पक्कै छ । तर असम्भव भने होइन । तसर्थ सरकार र सरोकारवालाहरुले यो व्यवसायको पुनरुत्थानका लागि ठोस योजना र कार्य नीतिलाई इच्छा शक्तिका साथ अघिबढाउन आवश्यक छ ।