
काठमाडौं । नेपालमा कोरोना संक्रमण जित्नेको संख्या ७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २४ जना संक्रमण मुक्त भएसँगै देशभर ७ लाख ९७ जनाले संक्रमण जितेका छन् ।
नेपालमा तीन दिनदेखि कोरोना संक्रमित हुने भन्दा संक्रमणमुक्त हुनेको संख्या लगातार केही बढेको छ । थप १ हजार ८ सय १ जनामा संक्रमण देखिएको छ । हाल सम्म ८ लाख २९ हजार ४ सय ४३ जना व्यक्तिमा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजिन गरी ११ हजार ३ सय २६ जनामा गरिएको परीक्षणमा करिव १६ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको हो ।
परीक्षण केही कम हुँदा संक्रमितको संख्यामा कमी आएको देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौ उपत्यकाका ७ सय ५ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौमा ४ सय ४१ , ललितपुरमा १ सय ६७ , भक्तपुरका १ सय जना रहेका छन् । उपत्यकापछि सबै भन्दा धेरै कास्की , मोरङ् र सुनसरी जिल्लामा बढी संक्रमण देखिएको छ ।
यस्तै संक्रमणवाट थप २४ जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणवाट हालसम्म १० हजार ५ सय ३३ जनाको मृत्यु भएको छ । देशभर थप ३८ हजार ५ सय ५१ जना संक्रिय संक्रमित रहेका छन् । तीमध्ये ६ सय ७९ जना आइसियू र १ सय ७६जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्