
स्याङ्जा । स्याङ्जाको वालिङ बाट लागुऔषधसहित दुई व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा तनहुँको व्यास नगरपालिका १४ घर बताउने २७ वर्षीय शिव परियार र वालिङ नगरपालिका ८ बोगटीडाँडा बस्ने १९ वर्षीय गोले भन्ने नरेन्द रनपाल रहेका छन् ।
नरेन्द्र रनपालको साथबाट डाईजेपाम २१ एम्पुल,नोफिम १९ एम्पुल र फेनारेगन २० एम्पुल र सुकेको गाँजा २५ ग्राम फेला पारेको छ ।
लागुऔषध बेचवबिखन हुँदै छ भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले भदौ ५ गते रनपाल र परियारलाई ४ गते वालिङ्बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।
दुबै जनालाई जिल्ला अदालत स्याङ्जामा आज लागुऔषध मुद्धा दर्ता गरी म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको अधिकारीले जानकारी दिनुभएको छ।
प्रतिक्रिया दिनुहोस्