
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल अहिले निर्णायक वार्तामा बस्नु भएको छ ।
कांग्रेसभित्र क्रियाशिल सदस्यताको किचलो नटुंगिदा १४ महाधिवेशनको कार्यतालिका फेरि प्रभावित हुने आशंका गर्न थालिएको बेला विवादको टुंगो लगाउन सभापति देउवा र वरिष्ठ नेता पौडेल अहिले निर्णायक वार्तामा बस्नु भएको हो ।
वार्ताका लागि पौडेल देउवा निवास बुढानीलकण्ठ जानु भएको हो । देउवा र पौडलबीचको निर्णायक वार्तापछि आजै क्रियाशिल सदस्यता विवाद सम्बन्धी उच्चस्तरीय छानविन समितिको प्रतिवेदनलाई टुंग्याइने बताइएको छ । वार्तामा क्रियाशील सदस्यता समस्या समाधान कार्यदलका संयोजक कृष्ण सिटौलाले आजसम्म भएको कामबारे ‘ब्रिफिङ’ गर्दै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्