
एजेन्सी । अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तालीवानी समूहले महाशक्ति राष्ट्र अमेरिकालाई एक हप्ताभित्र सेना फिर्ता नलगे गम्भीर परिणाम भोग्न तयार रहन भनेको छ ।
त्यहाँ बाँकी रहेका अमेरिकी सेना धमाधम फर्किरहेको बेला तालीवानी समुहका प्रवक्ता सोहेल शाहीनले एक विज्ञप्तिमार्फत अमेरिकी सेना फिर्ताका लागि आगामी भदौ १५ गतेसम्मको समयसीमा तोकिदिएका छन् । उद्धारका लागि अफगान बिमानस्थलमा तैनाथ अमेरिकी सेनालाई लक्षित गर्दै तालीवानीले फिर्ता हुन दबाब दिएको हो ।
तालीवानीको पछिल्लो चेतावनीको असर अफगानिस्तानको काबुल बिमानस्थलमा रहेका सयौं नागरिकमा परेको छ । देश छोड्नेको लर्को लागिरहेकै बेला तालीवानीको धम्कीसंगै सर्वसाधारणमा त्रास चुलिएको छ ।
तालीवानीको पछिल्लो चेतावनीप्रति अमेरिकी प्रतिक्रिया भने आएको छैन । यसअघि अमेरिकाले अफगानिस्तानबाट बाहिरिन चाहने जो कोहीको उद्धारका लागि भन्दै १८ वटा ब्यावसायिक बिमान प्रयोग गर्ने बताएको थियो ।
प्रतिक्रिया दिनुहोस्