२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


प्रिमियर लिगमा वेष्ट ह्यामद्धारा लेष्टर सिटी फराकिलाे अन्तरले पराजित


0
Shares

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाईटेडले लेष्टर सिटीलाई ४–१ ले हराएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा वेष्ट ह्यामलाई विजयी गराउन मिचेल एन्टोनियोले दुई गोल गर्दा पाब्लो फोर्नाल्स र साइद बेन्राहमाले एक एक गोल थपे ।

पराजित टोली लेष्टर सिटीका युरी टिलेमन्सले एक गोल गरेका थिए । खेलको ४० औं मिनेटमै अयोजे पेरेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० जनामा समेटिएको लेष्टर सिटी दबाबमा आएको थियो ।

यो खेलमा दुई गोल गर्न सफल एन्टोनियोले वेष्ट ह्यामका लागि सर्वाधिक ४९ गोल गर्ने किर्तीमान बनाएका छन् । यसअघि इटालीयन खेलाडी पाउलो डि क्यानियोको नाममा ४७ गोलको किर्तीमान रहेको थियो ।