८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


धनी राष्ट्रहरुलाई डब्ल्युएचओको अपिल, ‘बुस्टर डोज लगाउन हतार नगर’


0
Shares

एजेन्सी । विश्व स्वास्थ्य संगठब्ल्युएचओले कोरोना बिरुद्धको बुस्टर डोज लगाउन हतार नगर्न धनी राष्ट्रहरुलाई सुझाव दिएको छ ।

डब्ल्युएचओका प्रमुख डा. टेड्रोस एडोनोम गेब्रिएससले कोरोना बिरुद्धको दोश्रो डोज अभियान सम्पन्न भएका राष्ट्रहरुले बुस्टर अभियानलाई दुइ महिनाका लागि थाँती राखी भ्याक्सिन नपुगेका राष्ट्रहरुलाई भ्याक्सिन उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।

हंगेरीको बुढापेष्टमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उहाँले कोरोनाको तेश्रो भेरिएन्ट फैलने क्रममा रहेको बेला महामारी नियन्त्रणका लागि बुस्टर अभियान रोक्न अपिल गर्नुभयो ।

उहाँले अमेरिका, इजरायल, बेलायत, र हंगेरीले बुस्टर डोज अभियानको घोषणा गरेकै बेला ती राष्ट्रहरुलाई त्यसो नगर्न आग्रह गर्नुभयो ।

धनी राष्ट्रहरुले शत प्रतिशत खोप अभियान सम्पन्न गरेको भन्दै उहाँले गरीब राष्ट्रहरुमा भने ३० प्रतिशत जनताले पनि खोप लगाउन नपाएको उल्लेख गर्नुभयो ।

यसअघि उहाँले मौसम परिवर्तनसँगै कोरोना भाइरस परिवर्तन नहुने भन्दै उहाँले विश्वका जनताले कोरोनासँग जुध्ने बाहेक कुनै उपाय नभएको बताउनुभएको थियो ।