
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि विगत दुई महिनादेखि खानेपानीको हाहाकार भएको छ ।
गत असार ७ गते पहिरोले मुहान र पाइप लाइन बगाइदिएपछि दुई सय बढी घर परिवारलाई खानेपानीको समस्या भएको हो ।
पाइपको सामान्य मर्मत गरेर केही दिन पानी आएपनि पुन समस्या देखिएको हो । स्थानीयहरु हाल कुवा र म्याग्दी नदीको धमीलो पानी खान बाध्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस्