६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


एनआरएनए युवा समिति उपाध्यक्षमा हिमाल गुरुङको उम्मेदवारी


0
Shares

काठमाण्डौ । युवा व्यवसायी हिमाल गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा समिति उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

दुई दशकदेखि नेदरल्याण्डमा रहँदै आएका गुरुङले ‘अब एनआरएनएको नेतृत्वमा युवा पुस्ता’ भन्ने नारासहित उम्मेदवारी घोषणा गर्नुभएको हो ।

गुरुङ एनआरएनए नेदरल्याण्डको २०१५–१७ को कार्यकालमा अध्यक्ष थिए । २०१७–१९ मा एनआरएनएको आइसीसी सदस्य रहेका उनी अहिले युवा समिति संयोजक रहेका छन् । कास्कीको पोखरा महानगरपालिका २७ रिठ्ठेपानी घर भएका गुरुङले आफ्नो उम्मेदवारीले एनआरएनएमा युवाहरुको सहभागिता र भूमिका बढाउने दावी गर्नुभएको छ ।

सामुहिक लगानी र पर्यटनको प्रबर्धनबाट नेपालको समृद्धि सम्भव रहेको धारणा राख्ने गुरुङले गैर आवासीय नेपालीले भोग्नुपरेका समग्र समस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।