
बर्दिया । करेन्ट लागेर जिल्लामा एक बालकको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–२ का ६ वर्षीय दिपेन चौधरीको मृत्यु भएको हो ।
घर नजिकै खेल्न गएको समयमा विद्युत्को तार चुँडिएर नालीमा खस्दा करेन्ट लागेको मृतकका ठूलोबुवा मानबहादुर थारुले जानकारी दिनुभयाे ।
उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा पुर्याए पनि बालकको मृत्यु भइसकेको प्राथमिक स्वास्थ केन्द्रका प्रमुख डा.ऋषिराज शर्माले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्