
रसुवा । दुई दिनदेखि अवरुद्ध रसुवागढी जोड्ने पासाङल्हामु राजमार्ग सुचालु भएको छ ।
मंगलबार दिउँसो पासाङल्हामु सडक खण्डअन्तर्गत धुन्चे–स्याफ्रुबेसी–रसुवागढी सडकखण्डको ठूलोभार्खुमा गएको पहिरो पन्छाएसँगै राजमार्ग सञ्चालनमा आएको हो ।
सडक सञ्चालन गर्न आकस्मिक पहिरो पन्छाउने प्रयोजनका लागि सडक विभागले धुन्चेमा राखिएको डोजर तथा दुई वटा ठूला उपकरण प्रयोग गरिएको सडक डिभिजन कार्यालय, नुवाकोटका डिभिजन प्रमुख नारायणदक्त भण्डारीले जानकारी दिनुभयो ।
सडक सञ्चालनमा आएसँगै रसुवा भन्सारमा भन्सार गरी रोकिएका कन्टेनर तथा अन्य साना तथा ठूला सवारी सञ्चालनमा आएका छन् ।
प्रतिक्रिया दिनुहोस्