
काठमाडौं । काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारी साधन सञ्चालनमा लगाइएको रोक हटेको छ ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले निषेधाज्ञालाई १६ गतेसम्म लम्ब्याएर निजी तथा सार्वजनिक सवारी साधनलाई ८ बजेसम्म गन्तव्यमा पुगिसक्नुपर्ने यसअघिको व्यवस्था हटाएको हो ।
साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने व्यवस्था गरेको थियो ।
भदौ ८ देखि १६ गतेसम्मको निषेधाज्ञामा भने यो व्यवस्था हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्