
काठमाडौं । लगातार चार दिनको बिदा पछि आज खुलेको सेयर बजारमा उच्च गिरावट आएको छ ।
पछिल्ला दिन निरन्तरजसो उकालो लाग्दै उचाइको रेकर्ड कायम गर्दै आएको बजार परिसूचक नेप्से यस दिन ५६ अंकले ओरालो लागेर ३१ सय २४ कायम भएर थामिएको छ । कारोबार पनि १६ अर्ब हाराहारीमा सिमित रह्यो ।
निर्जीवन बीमा र वित्त समूह बाहेक अरु सबै समूह ओरालो लागे । विकास बैंक र जलविद्युत समूहमा अढाई सय अंक हाराहारीको गिरावट आयो । उत्पादनमूलक समूह पनि १ सय ५७ अंकले ओरालो लाग्यो । यस दिन २० वटा कम्पनीको सेयरमा नकारात्मक सर्किट लाग्यो ।
व्यापार, अन्य, लघुवित्त र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले ओर्लिए । निर्जीवन बीमा समूह भने १ सय १२ अंक अनि वित्त समूह पनि ४५ अंकले उकालो लाग्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४५ कम्पनीको सेयरमूल्य घट्दा जम्मा ३३ कम्पनीको मूल्य बढ्यो, ८ कम्पनीको स्थीर रह्यो । २ सय २५ कम्पनीको २ करोड ५३ लाख कित्ता शेयर १६ अर्ब १२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्