२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


वीर अस्पतालले मृगौला प्रत्यारोपण पुनः सुरु गर्ने‍


0
Shares

काठमाडौं । वीर अस्पतालले मृगौला प्रत्यारोपण पुनः सुरु गर्ने भएको छ । कोरोना संक्रमणका कारण डेढ वर्ष देखि रोकिएको मृगौला प्रत्योपण सुरु गर्न लागिएको अस्पतालले जनाएको हो ।

मंगलबार बसेको प्रशासनको बैठकले वीरको नयाँ सर्जिकल भवनवाट कोरोना संक्रमितको उपचार हुने भएपछि प्रत्यारोपण सुरु गर्ने निर्णय गरेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालका कार्यकारी अधिकारी डा. भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

पुरानो भवन सबै नन कोभिडका बिरामीलाई छुट्याइएका कारण अब प्रत्यारोपण पनि सुरु गर्ने निर्णय गरेको डा. बस्नेतले बताउनुभयो । बिरामीको चापको आधारमा सातामा २ जनाको सम्म मृगौला प्रत्यारोपण गर्ने अस्पतालले जनाएको छ ।