१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नयाँ दलसँग तत्काल एकता सम्भव छैन– प्रदीप ज्ञवाली


0
Shares

काठमाडौं । नेकपा (एमाले)का स्थायी समिति सदस्य एवं प्रवक्ता प्रदीपकुमार ज्ञवालीले माधवकुमार नेपालले स्थापना गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीसँग तत्काल पार्टी एकता सम्भावना नरहेको बताउनुभएको छ ।

मंगलबारको स्थायी कमिटी बैठकपछि सञ्चारकमीसँग प्रतिक्रिया दिँदै प्रवक्ता ज्ञवालीले तत्काल एकीकृत समाजवादीसँग पार्टी एकताको सम्भावना नरहेको बताउनुभएको हो । यद्यपि उहाँले नयाँ पार्टी दर्ता गर्न लाग्नुभएकाहरूलाई पार्टी एकतामा आउँदै मूल घरमा फर्कन आह्वान गर्नुभयो ।

‘तत्काल नयाँ दलसँग एकता सम्भव छैन’, उहाँले भन्नुभयो, ‘तर, माधवकुमार नेपालसहितका साथीहरूले पार्टी दर्ता पक्रिया त्यागेर आउनुभयो भने हामी स्वागत गर्दै उचित जिम्मेवारी दिइने छ ।’

साथै यसअघिका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने र भेदभाव नहुने निर्णय समेत बैठकले गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।