२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भारतबाटै झलनाथको सम्बोधन, दोस्रो तहका १० नेताको चर्को आलोचना


0
Shares

काठमाडौं । भारतमा उपचाररत नेता झलनाथ खनालले माधवकुमार नेपाल समूह छाडेर एमालेमै फर्किएका दोस्रो तहका नेताहरुको चर्को आलोचना गर्नुभएको छ ।

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकलाई आज टेलिफोनमार्फत सम्बोधन गर्दै उहाँले स्थायी कमिटीका धेरै सदस्यलाई मध्यपन्थले अल्झाएको बताउनुभयो । मध्यपन्थ भनेको पनि अवसरवादकै एउटा रुप भएको भन्दै उहाँले यसले अन्तिम विश्लेषणमा दक्षिणपन्थलाई नै सघाउने र मध्यपन्थको आयु लामो नुहने जिकिर गर्नुभयो ।

दक्षिणपन्थी अवसरमाथि वैचारिक, राजनीतिक, संगठनात्मक र कायशैलीगत हमला गर्न सक्नुपर्ने उहाँको भनाइ थियो । अस्पतालको शय्याबाटै सम्बोधन गर्नुभएका खनालले आफू आउँदो सोमबार काठमाडौं आइपुग्ने जानकारी समेत दिनुभयो ।

यसैबीच एमाले विभाजन गरी नयाँ दल निर्माणको पक्षमा खुलेका नेता झलनाथ खनालले भारतको दिल्लीबाटै सनाखत गर्न नपाउने हुनु भएको छ । खनालले भारतस्थित नेपाली दूतावासमार्फत नयाँ पार्टी दर्ताको लागि सनाखत गराइ निवेदन दिए पनि निर्वाचन आयोगले भने सशरीर उपस्थित नहुनेको सनाखत नगर्ने निर्णय गरेको हो ।