२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पाकिस्तानमा पहिरोमा परि तीन जनाको मृत्यु


0
Shares

एजेन्सी । पाकिस्तानमा भारी बर्षाका कारण आएको पहिरोमा परि तीन जनाको मृत्यु भएको छ । पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तमा एउटा घर भत्किंदा तीन जनाको मृत्यु भएको हो भने ४ जना घाइते भएका छन् ।

तीन दिनसम्म लगातार रुपमा भइरहेको बर्षाका कारण ठाउँ ठाउँमा पहिरो जाँदा जर्दनौं घर भत्केका छन् । केही सवारीसाधन पनि पुरिएका छन् ।

भारी बर्षाले पाकिस्तानका अघिकांश जिल्ला प्रभावित भएका छन् । पहिरोका कारण बिस्थापित भएकाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

पाकिस्तानमा बर्षेनी हुने मनसुनी बर्षाका कारण दर्जनौंको मृत्यु हुने गरेको छ ।