२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कर्णालीका स्थानीय तहको तीन अर्व बढी बेरुजु


0
Shares

काठमाडौ । कर्णालीका स्थानीय तहमा तीन अर्बभन्दा बढी रकम बेरुजु रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कर्णालीका ७३ स्थानीय तहमा तीन अर्बभन्दा बढी बेरुजु देखिएको हो ।

कर्णाली प्रदेशमा ६५ अर्ब ३७ करोड ६० लाखको लेखा परीक्षण गरिएको थियो । महालेखाले आर्थिक २०७६÷०७७ मा कर्णालीका ५० गाउँपालिका र २३ नगरपालिकाको लेखापरीक्षण गरेको थियो ।

स्थानीय तहको अद्यावधिक बेरुजु रकम मात्रै रु एक अर्ब ३१ करोड १५ लाख ४९ हजार रहेको महालेखाले जनाएको छ ।

विगतमा कानून विपरीत भएको खर्च सरकारी निकायले फछ्र्योट गर्न नसक्दा बेरुजु अङ्क बढी देखिएको हो । स्थानीय तहले बजेट व्यवस्थापन, आयोजना कार्यान्वयन, सोझै खरिद, बिल भरपाईलगायत विषय सुधार नगरेको प्रतिवेदनमा उल्लेख छ ।