
काठमाडौं । प्रदेश १ मा दुई अर्व ५१ करोड बढी रकम बेरुजु देखिएको छ ।
बेरुजु रकम मध्ये आर्थिक बर्ष २०७६/७७ मा १ अर्ब २६ करोड र आर्थिक बर्ष २०७५/७६ को १ अर्ब २४ करोड बढी रहेको छ ।
प्रदेशको कुल ४४ अर्ब ५७ करोड ३ लाख ४० हजार रुपैयाँको लेखा परीक्षण गर्दा २ दशमलव ८४ प्रतिशत बेरुजु निस्केको हो ।
प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालयमा सबै भन्दा बढी ७६ करोड २२ लाख ५३, सामाजिक विकास मन्त्रालयमा २३ करोड ९१ लाख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा १४ करोड १ लाख बेरुजु देखिएको हो ।
त्यस्तै, प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा आम्दानी भन्दा खर्च बढी गरेको पाइएको छ । जस कारण प्रदेश सरकारको खर्च १ अर्ब १३ करोड ५३ लाख ४१ हजार ऋणात्मक देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्