१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


कांग्रेस जिल्ला सभापतिहरुसँग विवाद समाधान समितिका सदस्य रिजालले छलफल गर्दै


0
Shares

congress

काठमाडौं । क्रियाशील सदस्यता सूची सार्वजनिकको माग गर्दै धर्नामा बसेका जिल्ला सभापतिहरुसँग क्रियाशील सदस्यता विवाद समाधान समितिले छलफल गर्दैछ । छलफल समिति सदस्य डा. मिनेन्द्र रिजालको निवासमा हुन लागेको हो ।

अहिले बिहान साढे नौ बजे क्रियाशील विवाद समाधान समितिसँग बैठक बस्न लागेको सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले जानकारी दिनुभयो । ‘हमीसँग छलफल गर्न पार्टीले नेता रिजाललाई खटाउनुभएको रहेछ’ उहाँले भन्नुभयो’ ‘क्रियाशील सदस्यता सार्वजनिक गर्ने सहमति भयो भने आन्दोलनका कार्यक्रम स्थगित हुन्छ ।’ सभापतिहरुले हिजाेबाट पार्टी कार्यालयमा धर्ना सुरु गरेका छन् । उक्त धर्ना आज पनि जारी रहेकाे लामाले बताउनुभयाे ।

बैठकमा विवाद समाधान समितिका संयोजक कृष्ण सिटौंला, रमेश लेखक भने उपस्थिती नहुने लामाले जानकारी दिनुभयाे । धर्नामा बसेका जिल्ला सभापतिहरु सबै छलफलमा उपस्थित हुनेछन् ।

संस्थापन इतर समूहका जिल्ला सभापतिहरुले ३ बुँदे माग राखेर मंगलबारबाट आन्दोलनमा होमिएका हुन् । उनीहरुले ‘क्रियाशील सदस्यता सूची सार्वजनिक गर्ने, सूचीमा भएका कमजोरी विधिसम्मत ढंगले टुंग्याउने र निर्वाचनका लागि सबैतिर समान व्यवस्था हुनुपर्ने माग राखेका छन् ।