१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पौडेल समूहको बैठक चाक्सीबारीमा सुरु


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको पौडेल समूहको बैठक चाक्सीबारीमा सुरु भएको छ । क्रियाशील सदस्यता छानबिनका विषयमा देखिएका समस्या र जिल्ला सभापतिहरुले सुरु गरेको धर्नाका विषयमा धारणा बनाउन छलफल केन्द्रित हुने सहभागी एक नेताले बताए ।

प्रकाशमान सिंहको निवासमा जारी छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, अर्जुन नरसिंह केसी, रामशरण महत्त, दिलेन्द्र बडुलगायत नेताहरु सहभागी छन् ।

कांग्रेसमा क्रियाशील विवाद पेचिलो बन्दै गएको छ । क्रियाशील सदस्यता छानबिन समितले प्रतिवेदन बुझाएपनि क्रियाशील सूची अझै सार्वजनिक गरिएको छैन् । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै संस्थापनइतरका जिल्ला सभापतिहरुले पार्टी मुख्यालयमा मंगलबारबाट धर्ना सुरु गरेका छन् ।

यसैबीच पौडेल पक्षका शीर्ष नेताले निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरे र सीतराम केसीसँग पनि छलफल गर्दैछन् । महाधिवेशन प्रक्रियाका बारेमा घिमिरेसँग छलफल गर्ने बताइएको छ ।