१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद सचिवालयले आयोगलाई पठायो एमाले सांसदहरुको विवरण


0
Shares

काठमाडौं । संसद सचिवालयले निर्वाचन आयोगलाई नेकपा सांसदहरुको विवरण उपलव्ध गराएको छ ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार निर्वाचन आयोगले दल विभाजन गरी नयाँ दल दर्ताका लागि परेका दुई निवेदनमा सनाखत गराउनुअघि विवरण मागे अनुसार सांसदहरुको बिवरण उपलब्ध गराएको हो ।

आयोगको पत्र अनुसार संसद सचिवालयले हिजो नै सांसदहरुको सूची बनाएर पठाएको छ । संसद सचिवालयलाई आयोगले आधिकारिक संख्या एकिन गरी पठाउनु भनेकाले विवरण उपलव्ध गराएको पाण्डेले बताउनुभयो ।

सचिवालयले पठाएको विवरण अनुसार एमालेसँग प्रतिनिधि सभामा १ सय २१ र राष्ट्रिय सभामा ३३ गरी कुल एमालेसँग १ सय ५४ जना सांसद रहेका छन् । यसैगरी जसपामा ३४ जना प्रतिनिधि सभा र ३ जना राष्ट्रिय सभा गरी ३७ जना सांसद रहेका छन् ।