१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ट्राफिक प्रहरीकाे ध्यान राजस्वमा केन्द्रित


0
Shares

बारा । ट्राफिक प्रहरी कार्यालय बाराले शहरी क्षेत्रमा मात्र चेक प्वाईन्ट राख्दा अन्यत्रको ट्राफिक व्यवस्थापनमा समस्या भएको छ ।

दुर्घटना न्यूनिकरण भन्दा राजस्व असुलीतर्फ ट्राफिक प्रहरी कार्यालयको ध्यान गएपछि समस्या भएको हो । सवारी चेकजाँच, मादक पदार्थ सेवनको जाँच, नियमीत गस्ती, ओभरलोड नियन्त्रण लगायतमा ट्राफिक प्रहरीको ध्यान नगएको पाइएको छ ।

प्रहरीले सवारी साधनको कागजपत्रमा मात्रै ध्यान दिने गरेको गुनासो सर्वसाधारणको रहेको छ । २ नम्बर प्रदेशमा हाल औसत रुपमा दैनिक तीन जनाको सवारी दुर्घटनामा ज्यान जाने गरेको छ ।

गत साउनमा मात्रै ३ सय ९१ सबारी दुर्घटना भएका थिए । जसमा ३५ जनाको ज्यान गएको छ भने १ सय ८१ जना गम्भीर घाईते भएका छन ।