
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका नेताहरूको बैठकले जिल्ला सभापतिहरूले राखेका मागमा समर्थन गर्ने निर्णय गरेका छन् ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज बसेको बैठकले पौडेल पक्षले जिल्ला सभापतिहरूले राखेका मागमा ऐक्यवद्धता जनाउने निर्णय गरेको हो ।
जिल्ला सभापतिहरूले हिजो पार्टी कार्यालय सानेपामा धर्ना दिएका थिए भने आज रिले अनसन गर्ने बताएका छन् ।
क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने र निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग उनीहरूको छ ।
छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, शेखर कोइरालालगायत सहभागी थिए ।
साथै पौडेल पक्षले तोकिएकै समयमा अधिवेशनहरू गर्न नेतृत्वको ध्यानाकर्षण गराउने भएको छ । भदौ १८ मा वडा अधिवेशन हुने भएकोले त्यो दिन देशभरका सबै वडा छ हजार सात सय ४३ वटामै अधिवेशन हुनुपर्ने र सार्न नपाइने पौडेल पक्षको भनाइ छ ।
कांग्रेसका नेताहरूबीच क्रियाशील विवाद रहेका ठाउँमा पुरानै क्रियाशीलबाट अधिवेशन गर्ने सहमति गरेको छ ।
प्रतिक्रिया दिनुहोस्