
काठमाडौं । कारोबार हुने साताको चौथो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
बुधबार पनि बजार परिसूचक नेप्से उतार चढावबीच ४८ अंकले ओरालो लागेर ३ हजार ७६ अंकमा आएर थामियो । पछिल्ला दिन निरन्तरजसो बुलिस ट्रेण्डमा रहँदै आएको बजारमा हिजो पनि ५६ अंकको गिरावट आएको थियो ।
यस दिन सबै समूह राताम्य रहँदा बीमा समूह ४ सय अंक हाराहारीले झरे । निर्जीवन बीमा समूहमा सबैभन्दा उच्च ४ सय २२ अंकको गिरावट आयो । जीवन बीमा समूह पनि साढे ३ सय अंकले ओरालो लाग्यो ।
विकास बैंक र उत्पादनमूलक समूहमा पनि डेढ सय अंकमाथिको कमी आयो । अरु समूह पनि अधिकांश दोहोरो अंकले ऋणात्मक रहे । यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय २७ कम्पनीको १ करोड ९५ लाख कित्ता शेयर १२ अर्ब ९ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्