१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्रिय महिला टीमले बंगलादेशसँग दुई मैत्रीपूर्ण फुटबल खेल्ने


0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाल र बंगलादेशबीचको खेल भदौ २४ र २७ गते दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप छनोट अघि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेका छन् ।

एन्फाले घोषणा गरेको टिममा ६ खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् । मिडफिल्डर प्रिती राई, फरवार्ड रश्मी घिसिङ, सबिता राना, रजनी थोकर, डिफेन्डर सृजना सिंह र निशा थोकर पहिलो पटक राष्ट्रिय टिममा परेका हुन ।

छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन । नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल असोज २० गने हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा असोज ५ गते हङकङको सामना गर्नेछ । समूहको शीर्ष टोलीले अर्काे वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।