२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पैठारी व्यापारीद्वारा कालोबजारी ऐन संशोधनको माग


0
Shares

काठमाडौं । निकासी पैठारी व्यापारीहरूले कालोबजारी ऐन संशोधनको माग गरेका छन् ।

नेपाल समुद्रपार निकासी पैठारी संघको एक प्रतिनिधिमण्डलले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईलाई भेटेर वाणिज्य क्षेत्रका समस्या अवगत गराएको हो । संघका अध्यक्ष सुनिलकुमार वंशलले नेतृत्व गरेको प्रतिनिधिमण्डलले कालोबजारी ऐन समयसापेक्ष संशोधन गर्नुपर्नेमा जोड दिएको हो ।

कालोबजारी ऐनले गर्दा व्यवसायीले यथार्थ मूल्यको विल जारी गर्न नपाउँदा सरकारले पाउने राजस्व समेत गुमिरहेको अध्यक्षवंशलले बताउनुभयो । अध्यक्ष वंशलले आयातमा प्रतिबन्ध लगाइएको अवस्थामा प्रतिबन्ध घोषणा हुनुअघि आयात प्रक्रिया सुरु भइसकेका वस्तुको हकमा साविककै व्यवस्था अनुसार आयात गर्न दिनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, प्रतिनिधिमण्डलले कलकत्ता बन्दरगाहका समस्या, तेस्रो मुलुकमा निर्मित सामान भारतबाट आयात गर्न नपाइने प्रावधान, केरुङ नाकाका समस्यालगायत विषयमा सचिव भट्टराईको ध्यानाकर्षण गराएको छ ।