
काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले बनाएको छानविन समितिले प्रतिवेदन दिए लगत्तै नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् ।
पोखरामा प्रशिक्षण गराइरहेका प्रशिक्षक अल्मुताइरीलेल एक लाइनको स्टाटस लेख्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आइ एम आउट..लेट पोलिटिक्स वर्क ।’
राखेपलाई बुधबार प्रतिवदन बुझाउँदै छानविन समितिले प्रशिक्षक अल्मुताइरीले व्यावसायिक आचरण सुधार्नुपर्ने निष्कर्ष निकालेको थियो ।
केही समयअघि अल्मुताइरीले राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका थिए । उनले नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलाई आरोपित गर्दै राजीनामा दिएपछि विवाद बढेको थियो ।
प्रतिक्रिया दिनुहोस्