
दार्चुला । भारतले धार्चुला तहशिलको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरू खोल्ने भएको छ ।
बाँधका ढोकाहरू खोलिने भएकाले महाकाली नदीमा पानीको सतह बढ्ने भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
ड्याम सरसफाईका लागि बाँधका ढोकाहरू खोलिन लागेको जानकारी भारतको एनएचपीसी लिमिटेडले जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । एनएचपीसीले बाँध खोल्नेबारे पत्राचार गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो ।
बिहीबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म बाँधका ढोका खोलिने उहाँले बताउनुभयो । २०७० सालमा भारतले नेपाली पक्षलाई जानकारी नदिएर बाँधका ढोका खोल्दा दार्चुला सदरमुकाम खलंगामा बाढी आएर ठूलो क्षति पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्