
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । तुलसीलाल प्रतिष्ठान च्यासलमा १२ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
एमाले फुटेर नेकपा समाजवादी दर्ता भएपछि एमाले केन्द्रीय कमिटी बस्न लागेको हो । बैठकबाट १० बुँदे सहमति कार्यान्वयन गर्ने स्थायी समितिको निर्णयलाई अनुमोदन गर्ने र पार्टी सदस्यता वितरणको विषयमा पनि निर्णय गर्ने बताइएको छ ।
यस्तै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा जान चाहेका केही केन्द्रीय सदस्य तथा सांसदहरुलाई कारबाही प्रक्रया अगाडि बढाउने तथा विधान अधिवेशन र पार्टीको स्थानीय तहको अधिवेशनको सम्बन्धमा पनि निर्णय गर्ने एजेण्डा रहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्