२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लुम्बिनीमा नयाँ सरकारले नयाँ बजेट ल्याउने


0
Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले निवर्तमान सरकारले अध्यादेशबाट ल्याएको बजेट परिमार्जन गरेर नयाँ बजेट बनाउने तयारी गरेको छ ।

पत्रकारसंग कुरा गर्दे प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले प्रदेशको विकास र समृद्धिको लागि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो ।

उहाँले अघिल्लो सरकारले संघीयता कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै आफूहरूले आवश्यक नीति नियम बनाएर अगाडी बढ्ने पनि बताउनुभयो । बाईट..