
हरि शर्मा
परासी । १० किलो चरेससहित एक भारतीय नागरिकलाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासीको सीमा नाकाबाट भारततर्फ लैजान लागेको अवस्थामा प्रतापपुर–४ स्थित बर्दघाटेबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु लामाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा भारत महाराजगञ्ज जिल्ला थाना बर्गदवा, ग्रामपञ्चायत भगतपुरा बस्ने ३७ वर्षिय राजेश यादव छन् । बाटोमा हिड्दै गरेको अवस्थामा यादवलाई शंका लागि चेकजाँच गर्ने क्रममा चरेस बरामद भएको लामाले जानकारी दिनुभयो ।
इट्टा आकारको २६ वटा प्याकेट बनाएर पत्रिकाले बेरेको अवस्थामा यादवको झोलाबाट चरेस बरामद गरिएको लामाले बताउनुभयो । आफूलाई भारतकै एक व्यक्तिले बर्दघाटे पठाएको र त्यहाँ रहेका एक व्यक्तिले झोला दिएको यादवलाई उद्दृतगर्दै प्रहरीले जनाएको छ ।
धादिङ घर बताउने उक्त व्यक्ति कारमा आएको यादवले बताएका छन् । कारको नम्बर भने आफूलाई जानकारी नभएको यादवलाई उद्दृतगर्दै प्रहरीले जनाएको छ । यादवलाई आवश्यक अनुसन्धानसहित कारबाही प्रकृया अघि बढाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्