२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतद्वारा वीपी प्रतिष्ठानलाई अक्सिजन प्लान्ट हस्तान्तरण


0
Shares

काठमाडौं । भारत सरकारले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।

बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई अक्सिजन प्लान्टसहितका अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

राज्यमन्त्री श्रेष्ठले आगामी दिनमा भारतले बाचा गरेको र खरिद गरेको कोभिशिल्ड खोप उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले वर्तमान सरकार बनेको एक महिनाको अवधिमा करिब ५० लाख खोप लगाइसकेको पनि बताउनुभयो । १८ प्रतिशत जनतालाई खोपको पहिलो मात्रा र १३ प्रतिशत जनतालाई खोपको पूर्ण मात्रा लगाइएको जानकारी दिनुभयो ।

नेपालका लागि भारतिय राजदूत विनयमोहन क्वात्राले कोभिड–१९ संक्रमणका बेलामा अक्सिजन प्लान्टको आवश्यकता पर्ने भन्दै नेपाल र भारत छिमेकी देश भएका नाताले आपसमा निर्भर भएर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले कोभिड–१९ नियन्त्रणका लागि नेपाल सरकारलाई आगामी दिनमा पनि सहयोग गर्न भारत सरकार तयार रहेको बताउनुभयो ।