३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


ओरालो लाग्यो सुनको मूल्य


0
Shares

काठमाडौं । कारोबार हुने साताको पाँचौं दिन नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ ।

स्थानीय बजारमा बुधबार ३ सयले घटेको सुनको मूल्य बिहीबार पुनः दुई सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।