
काठमाडौं । लगातार दुई दिनदेखि घटेको सेयर बजार कारोबार हुने साताको अन्तिम दिन दोहोरो अंकले बढेको छ । उतारचढावका बीच बजार परिसूचक नेप्से १७ अंकले बढेर ३ हजार ९४ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ अंकले बढेर ५ सय ७१ विन्दुमा पुगेर रोकिएको छ । नेप्से र सेन्सेटिभ इन्डेक्स बढ्दा कारोबार रकम पनि बुधबारको तुलनामा बढेको छ ।
यस दिन विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर र माइक्रोफाइनान्स समूह हरियो हुँदा बाँकी समूह घटे । यस दिन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी ५ प्रशितले कमाएका छन् । १४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबारको हिसाले अरुणखोला हाइड्रोपावर सबैभन्दा उच्च छ । एकै दिन यस कम्पनीको ९३ करोड रुपैयाँको कारोबार भयो ।
बिहीबार २ सय २३ कम्पनीका २ करोड १६ लाख ९० हजार ५ सय ८५ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ४२ करोड १९ लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्