Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने सोचेका छैनौं– प्रदीप ज्ञवाली


0
Shares

काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनेबारे नसोचेको बताउनुभएको छ ।

पार्टीको केन्द्रीय कमिटी बैठकपछि पत्रकारहरूसँगको कुराकानी ज्ञवालीले सभाुमखको गतिविधि निश्पक्ष नभए पनि अहिले नै महाअभियोगको प्रस्तावको विषयमा ठाेस निर्णय नभएकाे बताउनुभयाे ।

‘अहिले नै हामीले अदालत जाने वा अविश्वासको प्रस्तावको सन्दर्भमा ठोस निर्णय गरिसकेका छैनौं,’ उहाँले भन्नुभयो, ‘तर, उहाँको भूमिका निष्पक्ष भएन भन्ने कुरा जहाँ–जहाँ भन्नुपर्छ, त्यहाँ भन्छौं ।’

नेपालमा दुईवटा कानुन भएजसरी सभामुख प्रस्तुत भएको ज्ञवालीको आरोप छ । दल विभाजनमा सहजीकरण गरिदिनका लागि पार्टीले कारबाही गरेको जानकारी गराउँदा पनि पदमक्त भएको सूचना नटाँसेकाले सभामुखले पदीय आचरणसम्मत काम नगरेको उहाँको भनाइ छ ।

एमालेले आफूले कारबाही गरेको १४ सांसदलाई पदमुक्त गरेका सूचना ननिकालेको भन्दै सभामुख अग्निप्रसाद सापकोटप्रति आक्रोश व्यक्त गर्दै आएको छ ।