२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कास्कीमा भदौ १८ गतेसम्म निषेधाज्ञा थप, जोर–विजोर प्रणाली यथावत्


0
Shares

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ १८ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको छ ।

कास्की प्रशासनले जारी गरेको आदेशमा जिल्लाभर सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधनमा भदौ ३ गतेदेखि लागू गरिएको जोर–विजोर प्रणालीलाई यथावत् राखेको छ ।

जसअनुसार जोर गते जोर र विजोर गते विजोर नम्बरका सवारीसाधन सञ्चालन गर्न पाइने छ । अत्यावश्यक बाहेकका बन्द रहेका सेवा तथा व्यवसायहरू सञ्चालनमा रोक लगाइएको छ ।

प्रशासनले मानिसहरू भीडभाड गर्न र सभा जुलुस गर्न पनि रोक लगाइको छ । यस्तै वैवाहिक कार्यक्रममा १५ जना सहभागी हुन पाइने जनाएको छ ।