२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बेलायतद्वारा नेपाललाई १ लाख ३१ हजार काेभिडविरुद्धकाे खोप सहयोग


0
Shares

काठमाडौं । बेलायतले नेपाललाई कोभिड–१९विरुद्धको १ लाख ३१ हजार डोजभन्दा बढी खोप सहयोग गरेको छ ।

कतार एयरवेजमार्फत ल्याइएको १ लाख ३१ हजार १ सय २० डोज अस्ट्राजेनिका खोप बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डा. दिपेन्द्ररमण सिंहलाई हस्तान्तरण गर्नुभएको छ ।

खोप हस्तान्तरण गर्दै राजदूत पोलिटले बेलायत नेपालको सबैभन्दा पुरानो साथी भएको आफूहरूको सहकार्यको इतिहास २ शताब्दीभन्दा लामो रहेको बताउनुभयो ।

बेलायतले महामारीसँग नेपाललाई सहयोग गर्दै आइरहेको स्मरण गर्दै उहाँले आज आएको १ लाख ३१ हजार डोज खोप कोभ्याक्स बाहेककाे दुई पक्षीय सहयोग भएको बताउनुभयो । सहयोग गरिएका खोपहरू अति जोखिम समूहलाई दिइनेमा आफू आशावादी रहेको उहाँको भनाइ छ ।

केही समय अघि बेलायतले नेपाललाई अक्सिजन प्लान्ट, भेन्टिलेटर र पीपीई लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।