१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘५० स्टार्टअप–५० लगानीकर्ता’ कार्यक्रमको आवेदन पुनः सुचालु


0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नवप्रवर्तनीय (स्टार्टअप) उद्यमीहरूका लागि लक्षित गरी ल्याएको ‘५० स्टार्टअप–५० लगानीकर्ता’ कार्यक्रममा सहभागी हुन आवेदन पुनः सुचालु गरेको छ ।

मुलुकभरबाट बढी भन्दा बढी नवप्रवर्तनीय उद्यमीहरूको सहभागिता हुन सकोस् भनेर महासंघले आवेदन दिने समय पुनः सुचालु गरेको जनाएको छ ।

यसअघि आवेदन दिई सकेकाले पुनः आवेदन दिनुनपर्ने र आवेदक फर्म भरि सकेपछि महासंघबाट इमेल मार्फत सम्पर्क गरिने जनाइएको छ । आवेदन कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवाका लागि दिन सकिने जनाइएको छ ।